श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

Apr 30, 2012

मेरो आफ्नै कहानी--- रामचन्द्र गुरुङ

करिब २६ बसन्त अगाडि वुबा गमर सिं गुरुङ्ग र आमा मतिसरा गुरुङ्गको कोखवाट वि.स.२०४२ साल कार्तिक ३ गते यसै स्याङ्जा जिल्ला पिंडीखोला गाविस अन्र्तगत पर्ने रमाणीय तमु जातिहरुको बसोबास रहेको गाऊ सिस्नेरीमा मेरो जन्म भयो । बाबा र आमाको न्यानो काखमा रमाउदै,दिदीहरु र दाई भाउजुहरुको सद्भाव मायाका साथ मेरो वाल्यकाल वित्दै गयो । 
मेरो वाल्यकाल यस गाउको धुलो र माटोमा लुडुवुडु गर्दा गर्दै स्कुल पढ्ने वेला पनि भएछ करिव ७ वर्षको उमेरको हुँदा मेरो वुवाका साथ हात समाउदै गाऊ भन्दा केही पर वेतेहेनी गाऊमा अवस्थित श्री जीवन ज्योति प्राथमिक विद्यालयमा शिशु कक्षामा भर्ना भए । विद्यालय जाँदा मलाई कृष्ण दिदीले आफु संगै लाने र ल्याउने गर्नुहुन्थ्यो । त्यस वेलामा गुरुङ्ग समुदायमा जन्मेको भएर होला सायद मलाई आफ्नो मातृभाषा वाहेक नेपाली भाषा राम्ररी नबुभ्ने र वोल्न समेत जानेको थिएन । समय वित्दै जाँदा केही महिना पछि नेपाली भाषा बोल्ने साथीहरुको संगत र शिक्षकहरुको निरन्तर सिकाईले नेपाली भाषा बोल्न र बुझ्न सहज बन्दै गयो ।
शिशु कक्षामा पढ्दा सायद साना केटाकेटीलाई भनेर हो कि हामीलाई बेन्च मात्र उपलव्ध हुन्थ्यो त्यही बेन्चमा खुट्टा झुन्ड्याउदै साथीहरु संग अंगांलो बाँधी एकै स्वरमा कपुरी क र बाह«खरी कण्ठस्थ हुने गरी गीतको भाकामा पढ्थ्यौ । यसरी पढ्द पढदै अलि जान्ने पो भएछ क्यारे एक दिन शिक्षकले कक्षामा एक देखि सय र बाह«खरी ए वी सी लेख्न जान्ने लाई मात्र कक्षा १ मा लगिने भन्नुभयो । सवै कुरा लेख्न लगाएर म त्यसमा सफल भई कक्षा १ मा बस्न गएँ । त्यहाँ बेन्च मात्र नभएर डेक्स् पनि उपलव्ध थियो । त्यसै कक्षाबाटमा म वार्षिक परिक्षामा तृतिय स्थानमा पास भएँ । मैले त्यो बेला पुरस्कार वापत एउटा पेन्सिल र २ वटा कपी पाएको थिएँ । त्यो वेला म यति खुसी थिए की निधार र गालामा रातो अविर लगाउन पाउँदा मलाई निकै राम्रो काम गरेछ कि जस्तो भान हुन्थ्यो । यसरी म कक्षा २ मा गएँ र त्यस कक्षामा पढ्दा मैले निकै नै शिक्षकवाट धेरै झापड र डस्टरले टाउकोमा फुरोउला उठ्न गरीे धेरै पिटाई पनि खाएको छु किनकि यस कक्षामा अघिल्लो कक्षामा जस्तो सरल थिएन गणित विषयमा हातालागी  जोड, घटाउ, गुणन जस्ता धेरै कुरा पढ्नु पथ्र्थो । सोही कक्षामा मलाई मेरो दिमागले अलि भ्याएन क्यारे साहै गाह्रो लाग्यो र केही पनि बुभ्न सक्ने सम्म पनि भएन । त्यस पछि लगत्तै कक्षा २ को र्वािर्षक परिक्षा पनि सकियो र सोही परिक्षा सकिए पछि लगत्तै मेरो काईला दाईले मलाई र दिदीलाई परिक्षामा आएका प्रश्न सोधे र के के गरियो भनेर लेख्न लगाए त्यसमा मैले केही पनि जानेको रहेनछु र दाइले दिदी र मलाई कान समाती नराम्ररी पिटनु भएको थियो र केही दिन पछि स्कुलमा परिक्षा को नतिजा प्रकाशित भयो परिक्षामा अघिल्लो कक्षाबाट तृतिय भएको यस कक्षावाट नवौ भएर झण्डै फेल भएको  । यो वेला मैले पुरस्कार हात पार्न सकिन र रित्तो हात लिदै म घर फर्कन वाध्य भए । बल्ल मलाई त्यस वेला थाहा भयो कि नपढे पछि पुरस्कार पनि नपाइने र पिटाई पनि साहन वाध्य हुनु पर्दो रहेछ भन्ने कुरा त्यस वेला वल्ल चेत पाएँ । यही कुराले मलाई मनमा पढ्नु पो पर्दो रहेछ जस्तो लाग्यो यी कक्षाहरुमा अंग्रजी हिज्जेहरु बेसरी घोकेर अध्ययन गर्थे र यी ३, ४ र ५ कक्षा वाट क्रमस पांचौ, तृतिय ,चतुर्थ भई प्राथमिक तह उत्तीर्ण भएँ ।
प्राथमिक विद्यालय उत्तीर्ण गरे पछि गाऊ भन्दा केही टाढा पर्र्नेे ख्यतिप्राप्त माध्यमिक विद्यालय श्री नरोदय मा.वि मा पढ्न जानु पर्ने भयो र त्यसै विद्यालयमा म कक्षा ६ मा भर्ना भई अध्ययन गर्न थाले । यस स्कुलमा पढ्दा गाऊवाट साथीहरु संग संगै   उकालो र ओरालो करीव सवा १ घण्टाको वाटो पार गरी अध्ययन गर्न जाँदा कतै चुच्चा र धारिला परेका ढुंगा त कतै हिलै हिलो वाटो भएर हिडनु पर्ने त्यसैले होला मेरो खुट्टामा चप्पल १ महिना वाहेक २ महिना खप्दैेनथ्यो वावाले मलाई “यस लाई त सार्की कहाँ गएर छालाको चप्पल सिलाई दिनु पर्यो कति नखापएको”  भन्नुहुन्थ्यो । यस विद्यालयमा अध्ययन गर्दा मलाई सुरु सुरुमा धेरै रमाइलो र केही नौलो अनुभुति पनि भयो की प्रा वि मा यस्तो घण्टी वा पिरियडको व्यवस्था हुदैनथ्यो यस विद्यालयमा त पिरियड वा घण्टी अनुसार पढाई हुने व्यवस्था हुँदो रहेछ । यस विद्यालयमा पढ्दा अलि मिलानसार र अध्ययनशिल भएर नै पढ्दथे परिणाम स्वरुप कक्षा ६ बाट म छैटौ स्थानमा पास हुन सफल भएँ । यस विद्यालयका  प्र.अ र सम्पुर्ण शिक्षकहरुको हौशला,मार्गदर्शन र सद्भाव मायाका साथ आफ्नो पढाईलाई अगाडि वढाउदै गएँ । यस विद्यालयमा अध्ययन गर्दा साथीहरुको लहैलहैमा अलि नराम्रो काम पनि गरेछु , नराम्रो काम गर्ने भने पछि गर्न मलाई साह्रै डर लाग्थ्यो तै पनि खाजा खानका लागि त्यो वेला प्रसस्त पैसा हुदैनथ्यो भोकलाई मेटाउनका लागि कतै अमिलो चोर्ने त कतै अरुको गहुँ उखेलेर वनको झिँगटी वटुलेर पोलेर पनि खाएको छु ।
जे होस केही राम्रा र केही नराम्रा काम गर्दा गर्दै  कक्षा ७ र ८ का जिल्ला स्तरिय परिक्षा पनि राम्ररी नै पास गरे । अव माध्यमिक तहमा त एस.एल.सी को जग र कोर्ष पनि गाह«ो पो हुन्छ की जस्तो लाग्थ्यो सोही क्रममा मैले पढाईमा अलि सोचे अनुसार प्रगति नभएको महसुस भयो । पढाई प्रति लगाव र पढ्नै पर्छ भन्ने धारणाले गर्दा अलि मेहनत  गरी कक्षा १० को एस.एल.सी टेस्टवाट पनि राम्ररी नै पास भए । टेस्ट परिक्षा पास भए पछि अहिलेको जस्तो त्यही प्रवेशिका परिक्षा हुदैनथ्यो, प्रवेशिका परिक्षा दिने वेलामा देशमा द्वण्दले आक्रन्त र असुरक्षित थियो त्यही भएर होला प्रवेशिका परिक्षा वालिङमा हुने भयो । परिक्षा त्यहाँ हुने भए पछि परिक्षाको तयारीका लागि ट्युसन र कोचिङ कक्षाका लागि करिव एक महिनाका लागि साथी र म डेरा गरी बसे र महिना दिन पछि प्रवेशिका परिक्षा पनि सुरु भयो र राम्ररी नै परिक्षा दिए । प्रवेशिका परिक्षा दिए पछि खाली समयमा कुनै नयाँ कुराहरु सिक्ने मौका नै पाईएन मेरो त्यो खाली समय बनमा एैशेलु खादै गोठालो भएर नै विताए । 
प्रवेशिका परिक्षा दिएको करीव २ महिना पछि २०५९ साल असारको २ गते परिक्षाफल पनि प्रकाशित भयो । परिक्षाफल प्रकाशित भयो भन्ने खवर रेडियोबाट खवर पाए । अव मलाई मनमा साह्रै खुलदुली भयो पास भयो कि फेल ? मेरो मन अतलिरहेको थिएँ । त्यती वेला न इमेल इन्टरनेट न पत्र पत्रिका न त फोनको सुविधा नै थियो । परिक्षाफल थाहा पाउन विहान म घरवाट वालिङ तिर निस्के । वालिङमा पनि परिक्षाफल थाहा पाउन सहज थिएन अपरन्हको ४ वजे सम्म परिक्षाफल थाहा पाउन सकी रहेको थिएन पछि फ्याक्स मार्मत परिक्षा हेर्ने मौका पाए त्यति वेला मेरो मुटुको ढुकडुकीको कुनै सिमा नै थिएन । आफ्नो सि.नं खोज्दै जांदा मलाई मेहनत र भाग्यले साथ दिएछ सायद धेरै समयको अन्तराल पछि  सरकारी विद्यालय अध्ययन गरेर गाऊवाट प्रवेशिका परिक्षा म द्वितिय श्रेणीमा पास भएछु र त्यो वेला मेरो खुसीको क्षण.....सोच्नै नसक्ने स्थितिमा थियो ।
एक दुई हप्ताको लागि त खुसीले हर्षित भइरह्यो तर यस पछि उच्च शिक्षाको लागि कहाँ पढ्ने कुन विषय लिएर पढ्ने भन्ने बारेमा त्यसवेला मलाई कुनै जानकारी नै थिएन । करीव दुई महिना पछि म उच्च शिक्षाको लागि बाबा संग पोखरा लागे । त्यस वेला पोखरामा पढ्ने क्याम्पस कति थियो भन्ने कुरा म र बाबालाई केही थाहा थिएन नाम सुनेको भरमा पृथ्वी नारायण क्याम्पस खोज्दै गयौ र भर्नाको लागि वाणिज्य शास्त्रको प्रथम वर्षमा आवेदन फारम भरियो । कुरा वुझ्दै जाँदा त्यस क्याम्पसमा पढाई अलि पछि हँुदो रहेछ । चाँडो पढाई नहुने भए पछि अरु कुनै क्याम्पस छ की भनेर खोज्दै गयौ । यहाँ त थरी थरीका कलेज क्याम्पसहरु त प्रसस्त नै भेटिए तर आर्थिक रुपले सुहाउदो मासिक शुल्क धेरै नभएको क्याम्पस काजीपोखरीमा अवस्थित कालिका बहुमुखी क्याम्पसमा वाणिज्य शास्त्रमा प्रथम वर्षमा भर्ना भए । एक दुई हप्ताको लागि त आफ्नै माईला बाबाको घरमा बसेर क्याम्पस आउने जाने गर्यौ पछि क्याम्पसवाट अलि नजिक पर्ने ठाऊमा डेरा लिएर अन्तै वस्ने निर्णय गर्यौ । डेरा पाउने नपाउने कहां खाने भन्ने कुराको अझै निधो थिएन र एक दिन आफनै गाउतिरको आफन्त भेट भयो । रामवजारमा उहाँले होटल गरी बस्नु भएको रहेछ । त्यही आफन्तको सहयोगमा त्यही होटलमा मासिक हिसावले खान खाने गरी मलाई त्यही नजिकै डेरा खोजिदिनु भयो  र म त्यही बसी क्याम्पस जान सुरु गरे यति गर्दा सम्म त क्याम्पसमा पढाई भएको करिव १ महिना भन्दा वढी भइसकेको थियो । एक वर्ष सम्ममा त डेरामा एक्लो रुपमा नै बसे त्यस पछि मेरो मावली तिरको भाइ म संगै पढ्न वस्नुभयो । डेरा गरेर बस्नुको पिर र अप्ठ्यारो कस्तो हुन्छ भनेर भन्नु नपर्ला हाल सम्म थुप्रै ठाऊमा झिटी झाम्टा स्याहार्दै डेरा सर्नु पर्यो । सुरुमा कक्षामा मैले कोही कसैलाई चिनेको पनि थिएन विस्तारै साथीहरु चिन्दै गएँ र छुटेको विषयका नोटहरु मैले साथीहरुको नोट मागेर सारेर पढ्थे । त्यही शिलशिलामा मैले म जस्तै गाऊवाट पढ्न आई डेरा गरी बसेका साथीहरुको संगत गरे । ती साथीहरु अति मिलानसार र अध्ययनशील थिए । के खोज्छस् कानो आँखो भने जस्तै मलाई यस्तै साथीहरुको साथ चाहिएको थियो र ति साथीहरु संग मिलेर संगै अध्ययन गर्ने गर्थ्यौ । यसरी अध्ययन गर्दै जाँदा प्रविणता प्रमाण पत्र तह प्रथम र दोश्रो वर्षको परिक्षा पनि सकियो र परिक्षाफल पनि प्रकाशित भयो र राम्रो अंक ल्याई प्रविणता प्रमाणपत्र तह (व्यावस्थापन संकाय )२०६१ मा उत्तीर्ण गरे ।
दिनहरु वित्दै जाँने क्रममा प्रमाण पत्र तह पढ्दका मेरा साथीहरुले पढाई छाडेर अन्तै जानु भयो र मैले भने आफ्नो पढाईलाई लाई निरन्तरता प्रदान गरिरहे र त्यसै क्याम्पसमा व्यवस्थापन संकय अन्र्तगत स्नातक तह प्रथम वर्षमा भर्ना भई पढ्न सुरु गरे । पढ्ने क्रममा मैले विद्यार्थी कल्याणकारी समितिको कार्य समितिमा पनि संलग्न भई विद्यार्थी हक हितका लागि भनेर काम गरे । विभिन्न आर्थिक कठिनाईहरु र अप्ठ्याराहरुको उतार चढावहरुको सामना गर्दै यही क्याम्पसवाट मैले स्नातक तह (व्यावस्थापन संकाय) २०६५ मा उत्तीर्ण गरे ।
स्नातक तह उत्तीर्ण गरे पछि स्नातकोत्तर तह पढ्न पृथ्वीनाराण क्याम्पसमा व्यवस्थापन संकाय स्नातकोत्तर तह प्रथम बर्ष मा भर्ना भई पढ्न सुरु गरे । अध्ययन गर्ने क्रममा स्वाभाविक रुपमा आर्थिक कठिनाईहरुलाई समाधान गर्नका लागि एउटा गैर सरकारी संस्था Gonesa मा School Development Project  अन्र्तगत इन्चार्ज ÷ लेखापाल पदमा सिमित अवधिका लागि करिव आठ महिनाका लागि काम गर्ने अवसर पाए । यो काम सकिए लगत्तै फेरी मैले अर्को गैर सरकारी संस्था नौलो घुम्ती नेपालमा NSA-Education Program(EU) अन्तर्गत  Admin & Finance Assistant पदमा सिमित अवधिका लागि करीव ६ महिना काम गर्ने अवसर पाए । यो प्रोजेक्ट सकिए लगत्तै फेरी गैर सरकारी संस्था Gonesa मा नै वचत कार्यक्रम अन्र्तगत लेखा÷क्यासियर पदमा विगत २ वर्ष देखि कार्य गर्दै आइरहेको छु । यसरी विगत ३ वर्ष देखि आफ्नो काम र अध्ययन लाई अगाडि वढाउदै ब्यवस्थापन संकाय स्नातकोत्तर तह प्रथम र दोश्रो वर्षको परिक्षा सकेर दोश्रो वर्षको परिक्षाफलको प्रतिक्षारतमा रही आफ्नो लक्ष्य एवं उदेश्य हासिल गर्नका लागि विगत ९ वर्ष देखी यस पोखरेली भूमीमा रुमालिरहेको छु ।
अन्तमा मलाई यहाँ सम्म ल्याई पुर्याउनुहुने आमा बाबा पछिकोे दोश्रो अभिभावक मानिने मेरा आदरणीय शिक्षकहरु सम्पुर्ण आफन्तहरु र मेरा मित्रहरुमा मेरो हृदय देखि नै सम्झना चाहन्छु । मलाई आफ्नो २÷४ शव्द व्यक्त गर्ने अवसर प्रदान गरिएकोमा यस भर्खरै सुरु भएको पिंडीखोला अवाज द्वैमासिक पत्रिकाको उत्तरोउत्तर प्रगतिको कामना का साथ विशेष आभार व्यक्त गर्न चाहन्छु ।
हाल ः पोखरा, १० रंगशाला टोल
मिति ः २०६८÷११÷१५
ईमेल ः rcgrg_09@yahoo.com
वेभ ः www.villagesisneri.blogspot.com

No comments:

Post a Comment