श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

May 28, 2014

३ दिने डायरी


३ दिने डायरी
पृष्ठ भुमि
हाम्रा साना दुखले बनाएको मन्दिर होइन !
करिब १० महिना अघि देखि को हो यो दौड धुप ! गत बर्षको साउन ३२ गते पहिलो बैठक गाउलेहरु बसेर जिर्ण मन्दिरलाइ आधुनिक तथा नया शैलीमा निर्माण गर्ने निर्णयका साथ हामी लागि परेका थियौ. यसै क्रममा बिभिन्न कागज पत्र, ब्रोसर आदि तयारी देखि देश विदेशमा भएका आफन्तलाइ सामाजिक संजाल मार्फत सम्पर्क र अपडेट गरि रह्यौ . एबम रितले भाद्र, अशोज, कार्तिक र मंगसिर महिनाहरु त्यसरी नै बित्यो .. हिउद महिना लागे पछि मन्दिर निर्माण कार्य सुरु गर्ने मनस्थितिमा लाग्यौ . अब चाहियो मन्दिरको डिजाइन, पैसा, मन्दिर बनाउने मिस्त्री ,सरसामान जस्ता कुरा हरु .. यी कुरा हरु जुटाउनका लागि हाम्रो टिम(बालजित,प्रेम,खडजित,भिम,जिबन गुरुङ, विदेशबाट मन प्रसाद गुरुङ हंगकंग) लागि पर्यौ . बल्ल काम पौष महिना बाट रु २५,०००/- बाट सुरु भयो . काम पनि गर्दै गयौ सहयोग राशीहरु एक पछी अर्को गर्दै आउन थाल्यो . बेला बेलामा समितिको औपचारिक अनौपचारिक बैठकहरु कहिले गाउमा, कहिले पोखरामा, कहिले वालिंगमा, पटक पटक बस्यौ . काम गरे पछि सबैले बिस्वाश र माया गर्दो रहेछ, त्यसैले हामीलाइ सहयोग राशी जिर्ण मन्दिर तथा अन्य पूर्वाधार निर्माण गर्न देश विदेशमा हुनु भएका गाउले दाजु भाइ तथा इस्ट मित्र हरुले खुलेर आर्थिक सहयोग गर्नु भयो त्यसैले त होला हाल सम्म करिब ३० लाख जति सहयोग राशी प्राप्त भएको . यसै बिच हामी बिभिन्न आरोह अबरोहका साथ मन्दिर निर्माण गर्ने कार्य सम्पन्न गर्यौ, त्यसपछि हामी बैशाख पुर्णिमाको भोलि पल्ट गाउमा बैठक बस्यौ, उद्घाटन कार्यक्रम जेठ ८ गते गर्ने तय गरियो . अब एक हप्ताको समयमा सम्पूर्ण चाजोपाजोका साथ उद्घाटन गर्ने तयारीमा लाग्यौ . गाउमा युब क्लब , आमा समुहहरु र पोखरामा सम्पूर्ण समानहरु जस्तै मुर्ति , सम्मान पत्र , अन्य समानको तयारी र जुटाउनका लागि निकै दौड धुप भयो >>>>

पहिलो दिन
छोटो बक्तब्य
कुरा ७ गते को हो .. सम्पूर्ण तम्तयारीका साथ हामीले पोखराबाट देवीको मुर्ति सहित अन्य समानहरु बायाटरि  सम्म पुर्याउने क्रममा प्रहरीको हप्की पनि सहनु पर्यो,मानिस बोक्ने भ्यानमा समान बोके भनेर रहेछ.. पन्चे बाजा हिमाली सास्कृतिक परिवारका संयोजक दिलु गुरुङ सहित हामि बायाटरि करिब १:३० बजे तिर पुग्यौ .. बायाटरिमा गाउ बाट आउने गाडी कुर्ने देखि लिएर सबै ब्यबस्थापन गर्दा करिब ४:३० बज्यो . त्यस पछि हामी मुर्तिलाइ गाडीमा राख्नु भन्दा पहिला लामा गुरु ,पुजारी ले पुजा(चोखो)गरि सके पछी कन्याहरु कलास बत्तिका साथ मुर्तिलाइ गाडीमा बाजा गाजा सहित लग्यौ .निकै हर्ष र उल्लासका साथ हामी मैदान सम्म पुग्यौ, त्यस ठाउँमा एक छिन रमाइलो गरि हामी त्यहाँ बाट आफ्नो गन्तब्य तिर लाग्यौ . श्री ३ कन्या अकला देवी मन्दिरमा केहि समय पन्चे बाजा सहित पुजा गरि रमाइलो गरियो त्यति बेला सम्म हामीलाई केहि थाहा थिएन जाने क्रममा बनको बाटोमा अकला देवी मन्दिर निर्माण गर्ने काममा स्काभेटरले पल्टएका मानिसले केहि गर्ने नसक्ने खालका ढुंगाहरु र ढलेका रुखहरुले बनको बाटो अबरुद भएको रहेछ. ति ठुला ढुंगाहरु माथिबाट तल बन तिर नफालेको भए बुद्धिमानी सम्झिने सबैले  र धेरै काम लाग्थ्यो ति ढुंगाहरु, मन्दिर निर्माण गर्दा कति ढुगा चाहिन्छ भन्ने कुरा याद गर्नु पर्ने थियो. मनमा उल्लाश पूर्ण रुपमा हिडेको त्यस ठाउँमा केहि अबेग र दुखित मुद्राका साथ त्यहाँ अबरुद बाटो हटाउनका लागि करिब २ घण्टामा श्री सत्यशिला कालिका देवीको शक्तिले होला धेरै प्रयास पछी ढुंगाहरुलाई तह लगाउन सफल भयौ. करिब ८:३० बजे हामी बल्ल मन्दिरमा बाजा गाजा सहित पुजा आज गरि मुर्ति स्थापना गर्ने कार्य सम्पन्न गर्यौ.>>>>>
दोश्रो दिन
सम्मान पत्र ग्रहण गर्दै
कुरा उद्घाटन गर्ने दिनको हो. सायद हिजो बेलुकी बनमा ढुंगा पल्टाउदा लागेको दाउराले मेरो निधारमा फुराउला उठेको थियो . सोहि कामले थकित भएर होला अलि जिउ दुखेको बिहान अलि फ्रेश भएर पुजाआज गर्न तिर लागियो सायद सबैले पुजा गरेकाले होला १२ बजे सम्म भेला हुन सकेन बिस्तारै सबै भेला भयो. अतिथिहरु आउने क्रम चल्यो . भान्छा को काममा सबैले सहयोग गरे. कुरा यस्तो पनि भयो खानामा राख्ने भनेर ल्याएको घ्यु पुरी पकाउद प्रयोग गरिएछ पनि र खाना सादा मात्र भयो. करिब २:३० बजे बल्ल प्रमुख अतिथि सभासद मुक्ति प्रसाद पाठकको आगमन भयो . पन्चे बाजा सहित स्वागत र मन्दिर उद्घाटन गर्न मन्दिर तिर लगियो . उद्घाटनका साथ प्रमुख अतिथि तथा अतिथिहरु बाट पुजाआज गरि सके पछि मंचमा अशान ग्रहणका साथ बिभिन्न व्यक्तित्वहरुबाट बोल्ने क्रम भयो र एबम रित ले हामी पदाधिकारीहरुले बोल्ने समय आयो समय धेरै बितिसकेको थियो सचिब को हैशियत आफ्नो मन्तब्य दिने क्रममा पृष्ठ भुमि र धन्यवादका शब्द मात्र प्रस्तुत गरियो. भाबी योजना तथा कार्यक्रम .को बारेमा प्रस्तुत गर्न असमर्थ भए र साथ साथै गाउको एउटा पुर्खौ देखिको मारुनी नाच प्रदर्शन तथा  बिच बिचमा क्लब समूहका भाइ बहिनिहरुले निकै रोचक नाचगान प्रस्तुत गरेका थिए र यसै उद्घाटन कार्यक्रममा बिभिन्न छिमेकी गाउका आमा समूह , क्लबहरु,अतिथि हरु बाट पनि सहयोग गरेका थिए झन्डै पौने २ लाख नगद राशी संकलन भयो उद्घाटन कार्यक्रममा मात्र .  त्यस पछि प्रमुख अतिथि बाट बोल्ने क्रममा सिस्नेरी गाउको बिकाशका निम्ति उहाको तर्फ बाट रु.एक लाख दिने घोषणा समेत गर्नु भएको थियो.यो एउटा सम्पूर्ण गाउले बाशीहरुका लागि खुसि को हो त्यसैले होला चारै तर्फ बाट तालि बजेको . सबै बोल्ने क्रम सकिए लगत्तै प्रमुख अतिथि र अतिथिहरु प्रसादका साथ खाना खाने मेश तिर लग्नु भयो र अन्त्यमा सभाध्यक्षबाट औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भयो. ब्यबस्थापनमा अलि कम्जोर भए त पनि समग्रमा कार्यक्रम सफल पनि भयो . कार्यकम सकिए लगतै हामी सबै खाना खान तिर लाग्यौ. खाना खाए पछि हामी रमाइलो गरेर विभिन्न लोक भाकामा नाच्ने र  झ्याउरे गित गएर हामी सबै जना नाच्यौ . नाच्दा नाच्दै रातको ११:३० बजे छ अलि थाके छ क्यारे हामी सबै नाच बन्द गरेर अ आफ्नो घर तिर लाग्यौ >>>>>  
तेश्रो दिन
सभासद मुक्ति प्रसाद पाठक लाइ मायाको चिनो प्रदान गर्दै
यो ९ गते को कुरा हो हिजोको काम बोजले र राति नाचेर थाके छ क्यारे अलि धेरै सुतिएछ. सबै जना ९ बजे कार्यक्रम स्थलमा जम्मा हुने र बाकी भएका सरसामान ब्यबस्थापन गर्ने तथा सबै गाउलेहरुलाइ कार्यक्रम सफल भएको उपलक्ष्यमा निकै हर्षका साथ हामीले औपचारिक रुपमा जेष्ठ नागरिक सम्मान तथा नाचगान कार्यक्रम र खाना को व्यवस्था गरियो . खाना संगै हामी सबै नाच्यौ रमायौ गायौ र सरसामानको थान्को लगायौ . हामी आज उद्घाटन गर्ने सम्मको काम गर्न सफल भएका छौ र अन्य काम तथा नया योजनाका लागि यो कार्य सफल भएको मा खुसीका साथ नया उर्जा थपी दिएको छ. भाबी नया योजना(कृषि, पशु, बिकाश कार्य तथा उद्यमशीलता जस्ता) लाइ पनि सबै गाउ बाशी दाजु भाइ तथा इस्टमित्र हरुले पक्कै पनि साथ दिनेछ भन्ने आशाका साथ फेरी भोलि बिहान आफ्नो कर्म स्थल फर्कने जमर्कोका साथ १० महिना देखिको बोजको भारि बिसाउन तिर लागे >>>>. धन्यवाद !!!!

No comments:

Post a Comment