श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

Jan 22, 2013

बेलायती अदालतमा गोर्खालीको जीत

हालै बेलायती अदालतबाट १८ वर्षमाथिकाहरुको पक्षमा भएको निर्णयको सार

पुरा पढ्न का लागि तल को लिंक मा क्लिक गर्नुहोस ....

http://gaeso.org.np/gaeso/?p=164

फैसलाले उमेरको बन्धन तोडियो : गेसो सभापति गुरुङ

http://www.tamuhyula.com/?p=8992 

बेलायती अदालतमा गोर्खालीको अर्को जीत
http://khabar.hknepal.net/nepal-news/2013/01/9830.html
21 January 2013
समाचार-
कान्तिपुर-काठमाडौ, माघ ८ – गोर्खा सैनिकका १८ बर्ष भन्दा माथि उमेर भएका सन्तानलाई पनि बेलायतमा बस्ने अवासीय भिषा प्राप्त हुने भएको छ। सोमबार बेलायतको एक अदालतले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले हालेको मुद्दामा फैसला गर्दै उक्त आदेश दिएको हो।

हालको ब्यवस्था अनुसार गोर्खा सैनिकका १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिषा पाउँने व्यावस्था रहेको छ । यसलाई ब्रिटिस सरकारको कपटपूर्ण नीति भन्दै मुद्दा हालिएको थियो।



गेसोले काठमाडौंमा जारी गरेको बिज्ञप्ति अनुसार ‘हो एण्ड को सोलीसिटर्स ल फर्म’ ले हालेको मुद्दामा गोरखाहरुले ऐतिहासिक विजय हासिल गरेको हो। ‘ बेलायती समय अनुसार दस बजेर तीस मिनेट जाँदा लण्डनस्थित ‘कोर्ट अफ अपिल द मास्टर अफ द रोल्स’ले गेसोको पक्षमा ऐतिहासिक फैसला गदै १८ बर्षभन्दा माथिकालाई पनि आवासीय भिषा दिन आदेश दिएको हो’ बिज्ञप्तिमा भनिएको छ। ‘कोर्ट अफ अपिल, द मास्टर अफ द रोल्स’का वरिष्ठ न्यायाधीस लर्ड जस्टीस डाईसनको एकल इजलासले गेसो र गोरखाहरुको पक्षमा फैसला गरेको बताइएको छ।

ब्रिटिस शासकले नेपालीहरु माथि करिब २ सय बर्षदेखि गर्दै आएको चरम अन्याय र शोषण बिरुद्धको अर्को महत्वपूर्ण न्यायिक विजयको रुपमा आफुहरुले लिएको गेसोले जनाएको छ।

‘यो केवल गोरखा सैनिक र नेपालीहरुको जित मात्रै नभएर संसारभरीका न्याय र मानवअधिकारका पक्षधरहरुको विजयको रुपमा लिएको छौं’ उसले भनेको छ, ‘यस अवसरमा गोरखा सैनिकहरुको न्यायिक संषर्घमा निरन्तर सहयोग गर्ने हुने कानुन व्यावसायी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, बुद्धिजीवि र बेलायती नागरिकप्रति हार्दिक आभार प्रकट गर्दछु। अन्तमाः सबै खालका अन्यायको अन्त्य नभएसम्म गेसो आन्दोलन जारी राख्ने समेत जानकारी गराउँदछौं।’

ब्रिटिस शासकद्धारा अन्याय र बिभेदमा पारिएका गोरखा सैनिक र नेपाली राष्ट्रिय स्वाधीनताको पक्षमा गेसोले विगत २२ बर्षअघिदेखी न्यायिक संघर्ष गरीरहेको उल्लेख गर्दै ब्रिटिस सेनामा कार्यरत गोरखा सैनिकहरुलाई ब्रिटिस सेना सरह समान पेन्सन, समान सुबिधा लगायतका धेरै न्यायिक मुद्दाहरुमा गेसोले यसअघि नै विजय हासिल गरिसकेको स्मरण पनि गराएको छ।

यस्तै गेसोको न्यायिक संघर्षपछि २१ मे २००९ मा सबै गोरखा सैनिक र तीनका परिवारले आवासीय भिषा पाउँने व्याबस्था गरिएको थियो। तर, गोरखा यस्तो कपटपूर्ण नीतिको बिरुद्धमा गेसोले न्यायिक संघर्ष जारी राखेको थियो।

No comments:

Post a Comment