प्रविधिको बढ्दो प्रयोगसँगै कागजी अभिलेख राख्ने चलन हराउँदै गएको छ। कम्प्युटरप्रतिको निर्भरताले कहिलेकाहीँ हामीलाई ठूलो चिन्तासमेत थपिदिन्छ। अत्यन्तै महत्वपूर्ण ठानेर संग्रह गरिएका विवरण कहिलेकाहीँ खोजेको बेला पाइन्न। त्यस्ता विवरण राखिएको 'लोकेसन' बिर्सिएर मात्रै होइन, यस्ता विवरण कम्प्युटरबाटै गायब भएका पनि हुनसक्छन्।
हाम्रै हेलचेक्र्याइँले यस्तो हुन्छ। हतारहतारमा महत्वपूर्ण काम हामी भोलिलाई साँच्छौं। विवरण पूर्ण सुरक्षित नगरी छाड्दा अचानक बत्ती गए वा कुनै कारणले कम्प्युटर बन्द भए, फेरि खुल्दा त्यो हराइसकेको वा बिग्रिएको हुनसक्छ।